गिटी बालुवा अवैध उत्खननको विरोध गर्ने धनुषाका दिलिप अर्थात् ओमप्रकाश महतो हत्याको घटनामा ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषा झिकाइएको छ ।
अहिले कम्युनिष्ट पार्टीको सरकार भएकाले पार्टी निकटकै व्यक्ति गभर्नर बन्ने निश्चित छ। राष्ट्र बैंकको गभर्नरले सरकारको सल्लाहकारको रुपमा समेत काम गर्ने हुँदा यसका लागि ठूलै लबिङ हुने गरेको छ।
काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच समन्वय हुन नसक्दा भूकम्पबाट प्रभावित भएको रानीपोखरी पुनर्निर्माणको कामले ४ वर्षदेखि गति लिन सकेको थिएन। अहिले भने पुनर्निर्माण प्राधिकरणले काम अघि बढाएको हो।