मंगलबार, भदौ २, २०८३

नेप्‍सेमा उछाल, ३२ कम्पनीको कारोबारमा सर्किट ब्रेक

साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा उछाल आएको छ ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)मा उछाल आएको छ । ब्रोकर कार्यालयहरुले नै सेयर धितोमा कर्जा दिन थालेको र बैंकहरुले पनि मार्जिन प्रकृतिको कर्जाको ब्याजदर घटाउन थालेपछि त्यसको प्भाव बजारमा देखिएको हो ।

आइतबार बजार एकैदिन ४२.६१ अंकले उकालो लागेर १२५५.७२ अंकमा अडिएको छ । सामान्यतयाः यतिबेला बजार विस्तारै ओरालो लाग्ने समय हो । यो समयमा कम्पनीहरुले साधारणसभा गरेर लाभांश घोषणा गरिसकेका हुन्छन् भने धेरैले त लगानीकर्ताको खातामा समेत रकम पठाइसकेका हुन्छन् । कम्पनीको वित्तीय विवरण हेरेर पाउने लाभांशको आशामा लगानी गर्ने लगानीकर्ताले यस समयमा सामान्यतयाः दोस्रो बजारमा लगानी गर्दैनन् ।

सस्तो मूल्यमा पाएको सेयर किनेर अर्को वर्षको लाभांश खाने वा मूल्य कम हुँदा सेयर किन्ने र बढ्दा बेच्ने सेयर खेलाडीहरुको लागि भने यो समय उत्तम हो । यही समयको फाइदा उठाउँदै ठूला तथा संस्थापक लगानीकर्ताहरु बजारमा सक्रिय देखिएका छन् ।

यसदिन १७९ कम्पनीका ३८ लाख ३१ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। आइतबार कारोबार सुरु भएदेखि नै बजार सुधार भएको थियो र तीन घण्टाको अवधिमा नै ३५ अंकले सुधार भएको थियो । आइतबार बजार बढ्दा ३२ वटा कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक लागेको थियो ।

आइतबार सबै समूहगत उपसूचकमा हरियाली छाएको छ । यसदिन जीवन बीमा समूहको सूचक ४०९ अंकले उकालो लागेको छ भने निर्जिवन बीमाको सूचक पनि ३८४.२१ अंकले उकालो लागेको छ ।

त्यस्तै ७० प्रतिशत भन्दा बढी हिस्सा रहेको बैकिङ समूहको २७.३, ट्रेडिङको ११.५९, होटल्स ७५.८४, विकास बैंक, ४३.३३, जलविद्युत ३१.०७, फाइनान्स १३.९२, उत्पादनमूलक ३४.५४, अन्य १७.९२, लघुवित्त १२२.२ र म्युचुअल फन्ड ०.२४ अंकले उकालो लागेको छ ।

यसदिन सबैभन्दा धेरै नेपाल लाइफको ५ करोड ८८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ। जम्मा १७९ वटा कम्पनीको कारोबार हुँदा १६९ वटा कम्पनीको मूल्य बढेको छ भने १० वटा कम्पनीको मात्र घटेको छ ।

आइतबार माउन्टेन हाइड्रो लिमिटेड, सिनर्जी पावर डेभलपमेन्ट, सिटिजन्स म्युचुअल फन्ड, युनियन हाइड्रोपावर, सिन्धु विकास बैंक, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर, कालिका पावर कम्पनी, नविल प्रगति फन्ड, कर्पोरेट डेभलपमेन्ट बैंक र सानिमा बैंक लिमिटेडको सेयर मूल्य घटेको छ ।

प्रकाशित: Jan 12, 2020| 16:08 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्