मंगलबार, भदौ २, २०८३

प्रतिनिधिसभा बैठक फेरि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रतिनिधिसभा बैठक आज (आइतबार) फेरि स्थगित भएको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेदवारको टुंगो लगाउन नसकेपछि प्रतिनिधिसभा बैठक आज (आइतबार) फेरि स्थगित भएको छ।

सभामुखकाे उम्मेदवारमा सहमति खोज्न प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नेकपाका शीर्ष नेताहरूबीच भएको छलफल निश्कर्षविहीन बनेपछि सभामुखको कार्यतालिका बनाउन बस्ने भनिएको बैठक तेस्रो पटक स्थगित गरिएको हो।

प्रतिनिधिसभाको संसद् सचिवालयले सूचना जारी गरेर आगामी माघ ६ गतेसम्मका लागि बैठक स्थगित गरेको जनाएको छ।

प्रतिनिधिसभाको संसद् सचिवालयले जारी गरेको सूचनामा भने ‘विशेष कारणवश’ बैठक बस्न नसकेको उल्लेख छ। 

यसअघि गत पुस ११ र १५ गते पनि प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो।

नेकपाका शीर्ष नेताबीच चलेको छलफलमा उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सहभागी थिइन्। नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन्।

यसअघि गत शनिबार बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। तर, तुम्बाहाम्फेले सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन्।

 

प्रकाशित: Jan 12, 2020| 12:53 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।