मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशसभाको समीक्षा : कुशलतापूर्वक जिम्मेवारी पूरा

सुदूरपश्चिम प्रदेशसभाको समीक्षा : कुशलतापूर्वक जिम्मेवारी पूरा

सुदूरपश्चिम प्रदेशसभाले हालसम्मको कामको प्रगति तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराएको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

धनगढी- सुदूरपश्चिम प्रदेशसभाले हालसम्मको कामको प्रगति तथा आगामी कार्ययोजनाका बारेमा जानकारी गराएको छ। प्रदेशसभा सञ्चालन भएयता संवैधानिक जिम्मेवारी कुशलतापूर्वक ठिक समयमा सम्पन्न हुँदै आएको प्रदेशसभाको दाबी छ।

प्रदेशसभा गठन भएको दुई वर्ष पुग्न लागेको अवसरमा पत्रकारसँग गरिएको छलफल कार्यक्रमा सभामुख अर्जुनबहादुर थापाले दुई वर्षको अबधिमा प्रदेशको नाम र राजधानी तोक्नेदेखि प्रदेशसभामा महत्वपूर्ण व्यक्तिबाट सम्बोधन, संसदीय दलका कार्यालय र प्रदेशसभालाई व्यवस्थित बनाउने काम भएको बताएका छन्।

पहिले प्रदेशसभा सञ्चालन हुँदा सूचना सम्प्रेषण गर्ने समस्या हुँदै आए पनि अहिले आधुनिक मिडिया सेन्टर र प्रदेशसभाभित्रका सबै बैठक गतिविधिको जानकारी दिन सभामा डिस्पेल जडान गरिएको छ।

प्रदेशका ९ वटै जिल्लासँग प्रदेशसभाको सम्बन्ध स्थापना गर्न प्रत्येक जिल्ला समन्वय समितिको कार्यालय र प्रदेशसभामा भिडियो कन्फ्रेन्सको व्यवस्था मिलाइएको सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए।

माघ ६ गते बस्ने प्रदेशसभाको पाँचौ अधिवेशनदेखि युट्युबबाट प्रत्यक्ष प्रसारणका लागि आवश्यक प्रविधिसमेत जडान गरिएको थापाले बताए।

प्रदेशसभा सचिवालयले आगामी दिनमा विषयगत समितिका बैठकहरुलाई मिनी संसदको रुपमा संञ्चालन गर्ने दुईवटा मिटिङ हल, ई पुस्तकालय, प्रदेशसभा सचिवालय तथा विषयगत समितिमा सिसिटीभी जडानको लक्ष्य लिएको छ।

त्यस्तै प्रदेशसभा हलको थप सुरक्षाका लागि काँडेतार र वाक–थ्रु गेट निर्माण गरिने र जेनेटर खरिदको प्रक्रिया अगाडि बढाएको सभामुख अर्जुनबहादुर थापाले बताए।

सुदूरपश्चिम प्रदेशसभाबाट २ वर्षमा ३२ वटा कानुन निर्माण भई अहिले कार्यान्वयनको अवस्थामा रहेकोसमेत प्रदेश सभाले जनाएको छ।

प्रकाशित: Jan 12, 2020| 16:10 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।