मंगलबार, भदौ २, २०८३

संसद कुनै दलको छाया होइन, बन्धक नबनाउनुस् : गगन थापा

पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाको कारण संसद बन्धक भएको आक्रोश पोखेका छन्।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- पूर्व स्वास्थ्य मन्त्री एवम् नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ नेकपाको कारण संसद बन्धक भएको आक्रोश पोखेका छन्। नेता थापाले नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय रहेको बताए।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेता थापाले अहिले भइरहेको काम संसदीय अभ्यास र गरिमाको मात्र होइन, संविधानले प्रबन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको खिलाफमा रहेको बताएका छन्।

ट्वीटरमा उनले लेखेका छन्, ‘उपसभामुखज्यू, संसद कुनै दलको छाया होइन, तपाईँ संसदको उपसभामुख हो, नियमअनुसार सदनको प्रकृया अगाडि बढाइयोस्।’

नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण संसद बन्धक जस्तो भएको अवस्थामा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद थापाले यस्तो आक्रोश व्यक्त गरेका हुन्।

यसअघि गत पुस १६ गते स्थगित गरिएको संसद आइतबार (पुस २७) लाई बोलाइएको थियो।

आइतबार पनि नेकपाले उम्मेदवारको नाम टुंगो लगाउन नसकेपछि संसद बैठक स्थगित भएको छ।

संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक राजनीतिक दल र फरक लिंगको हुनुपर्छ।

नेकपाले एकातिर उम्मेदवारको टुंगो लगाउन सकेको छैन भने अर्कोतर्फ उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छैनन्।

संसद सूचारु हुनासाथ सभामुख निर्वाचनको कार्यतालिका आउने र यही अवस्थामा सभामुख निर्वाचनको कार्यतालिका आए नेकपाले सभामुख पद गुमाउने अवस्था छ।

जसका कारण लामो समयदेखि संसद बैठक अन्यौलमा पर्दै आएको छ।

 

प्रकाशित: Jan 12, 2020| 14:28 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।