शुक्रबार, असार ६, २०८२

अजय देवगनको 'तानाजी' वर्षको पहिलो ब्लकबस्टर फिल्म बन्दै

बलिउड अभिनेता अजय देवगन अभिनित तानाजी द अनसंग वारियर यो वर्षको पहिलो ब्लकबस्टर फिल्म बन्ने संकेत गरेको छ।
 |  आइतबार, पुस २७, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

vianetvianet

एजेन्सी- बलिउड अभिनेता अजय देवगन अभिनित तानाजी द अनसंग वारियर यो वर्षको पहिलो ब्लकबस्टर फिल्म बन्ने संकेत गरेको छ।

शुक्रबार रिलिज भएको तानाजीले पहिलो दिन नै १५ करोडको बक्स अफिस कलेक्सन गरेको थियो भने दोस्रो दिनको कमाई निकै राम्रो रहेको छ।

दोस्रो दिन उक्त फिल्मले २०.५७ करोड कलेक्सन गरेको छ। जबकी अर्को सर्वाधिक प्रतीक्षामा रहेको दीपिका पादुकोणको छपाक फिल्मसमेत शुक्रबार नै रिलिज भएको छ।

छपाकको तुलनामा तानाजीले निकै राम्रो कमाई गरेको बक्स अफिस रेकर्डले देखाएको छ।

शुक्रबार तानाजीको कमाई १५.१० करोड थियो। दुई दिनको उसको कमाई ३५.६७ करोड पुगेको छ।

दीपिकाको फिल्म ‘छपाक’ ले पहिलो दिन बक्सअफिसमा ४ करोड ७७ लाखको कमाईसँगै ओपनिङ गरेको थियो।

त्यस्तै, दोस्रो दिन अर्थात् शनिवार फिल्मले आफ्नो कमाई झन्डै ३ करोड बढायो।

तानाजीले ४ हजार ५४० हल प्राप्त गरेको छ। उसले भारतमा मात्रै ३ हजार ८८० हल प्राप्त गरेको छ। जसमा टू डी र थ्री डी दुबै रहेका छन्।
विदेशमा उक्त फिल्मले ६६० हल प्राप्त गरेको छ।

भारतीय फिल्म पण्डितहरुका अनुसार यो फिल्मले कमाइको दर यसरी नै बढाउने हो भने सन् २०२० का लागि यो फिल्म पहिले ब्लकबस्टर बन्ने निश्चित छ।

साथै यो अजय देवगनको एक सयौँ फिल्म हो।

यसमा उनले मराठाको वीर सैनिक तानाजीको भूमिका निर्वाह गरेका छन्।

फिल्ममा अजयका साथै काजोल, सैफ अली खान, शरद केलकर मुख्य भूमिकामा रहेका छन्।

प्रकाशित: Jan 12, 2020| 15:28 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्