मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्ततः हेटौंडा नै बन्यो प्रदेश ३ को राजधानी, नाम बागमती

अन्ततः हेटौंडा नै बन्यो प्रदेश ३ को राजधानी, नाम बागमती

लामो रस्साकस्सी र विवादकाबीच अन्ततः प्रदेश नम्बर ३ काे राजधानी हेटौंडा कायम भएको छ । आज प्रदेशसभामा भएको मतदानबाट
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

हेटौंडा- लामो रस्साकस्सी र विवादकाबीच अन्ततः प्रदेश नम्बर ३ काे राजधानी हेटौंडा कायम भएको छ ।

आज (आइतबार) प्रदेशसभामा भएको मतदानबाट प्रदेश ३ को राजधानी हेटौंडा तोकिएको हो । प्रदेशसभामा कूल ११० सदस्यमध्ये बैठकमा १०८ सदस्य उपस्थित थिए । हेडौंडाको पक्षमा १ सय ५ जनाले मतदान गरेका छन् भने विपक्षमा ३ जनाले मतदान गरेका छन् ।

नाम भने सर्वसहमतबाट पारित भएको छ । प्रदेश ३ को नाम बागमती राखिएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडा राख्न गरेको प्रस्तावमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ समर्थनक गरेका थिए ।

राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका थिए । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष कांग्रेसले हेटौँडा र विवेकशील र साझा पार्टीले धुलिखेल राजधानी तोक्न छुट्टाछुट्टै प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेश सभामा सुरुमा राजधानी काभ्रेको धुलिखेल राख्न भनि सदस्य रमेश पौडेलले गरेको प्रस्तावमा मतदान भएको थियो ।

पौडेलको प्रस्तावको पक्षमा ३ जनाले मतदान गरेका थिए भने १०१ जनाले विपक्षमा मतदान गरेका थिए । त्यसपछि मुख्यमन्त्रीको प्रस्तावमा मतदान भएको थियो ।

प्रदेश ३ को नामका लागि भने एउटै प्रस्ताव दर्ता भएको थियो । सोहिबमोजिम सर्वसहमतिका आधारमा प्रदेश ३ को नाम बागमती राखिएको छ।

यसअघि सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राख्न र राजधानी हेटौंडालाई नै तोक्न निर्देशन दिएको थियो । सो निर्देशन संघीयताको मर्म विपरित भएको भन्दै नेकपाकै सांसदहरुले आपत्ति जनाएका थिए ।

सचिवालयको आदेशको विरोध गर्नेहरुले पनि मतदानकाे समयमा भने हेटौंडाको पक्षमा मतदान गरेका छन् ।

प्रकाशित: Jan 12, 2020| 11:36 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।