बिहीबार, असार ३२, २०८३

शहीद स्मारक ए डिभिजन फुटबल थ्री स्टार फ्रेण्डससँग स्तब्ध

राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्डस क्लबले थ्री स्टार क्लबलाई पराजित गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा फ्रेन्ड्स क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो।

फ्रेन्ड्सको यो पहिलो जित हो। फ्रेन्ड्सको जितमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले निर्णायक गोल गरे।

उनले खेलको १३औँ मिनेटमा विश्व अधिकारीको फ्रिकिक बलमा गरेको एक गोल नै फ्रेन्ड्सका लागि निर्णायक गोल सावित भयो।

फ्रेन्ड्ससँग पराजित भएसँगै थ्री स्टारले लिगको दोस्रो स्थानमा उक्लने मौका गुमायो। थ्री स्टारले ६ खेलमा १० अङ्क जोडेको छ। थ्री स्टार लिगको चौथो स्थानमा रहेको छ।

अघिल्ला पाँच खेलमा तीन बराबरी र दुई हार व्यहोरेको फ्रेन्ड्सले पाँच अङ्क जोडेको छ। फ्रेन्ड्स लिगको ११औँ स्थानमा उक्लिएको छ।

प्रकाशित: Jan 12, 2020| 15:30 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।