मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसको आपत्ति

प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाएको आपत्ति जनाएको छ।
 |  आइतबार, पुस २७, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, पुस २७, २०७६

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभालाई दलगत अनिर्णयको बन्दी बनाएको आपत्ति जनाएको छ।

सत्तारुढ नेकपाले सभामुख उम्मेदवारको नाम चयन गर्न नसकेर पटकपटक प्रतिनिधिसभा बैठक स्थगित भएपछि कांग्रेसले आपत्ति जनाएको हो।

आइतबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक फेरि पनि स्थगित हुनु दुःखद भएको बताएका छन्।

उनले यो विषयलाई नेपाली कांग्रेसले सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार व्यवहारका रूपमा लिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ।

तर ३ महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ।’

कांग्रेसले महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन चेतावनी पनि दिएको छ।

साथै तत्काल निकासको मार्ग प्रसस्त गर्न सरकार र सत्तारुढ नेकपालाई कांग्रेसले सचेतसमेत गराएको छ।

प्रकाशित: Jan 12, 2020| 14:51 आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।