चतराघाटबाट करिब १५ किलोमिटर धनकुटाको सिम्ले १० देखि १५ मिनेटमै पुगिने र सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुग्ने गरेको स्थानीय दीपक राईले बताए । राईले भने, “जेटबोट सञ्चालन हुँदा...
नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समय सोमबार भागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयका कर्मचारीहरुको अड्चनले उपभोक्ताको भुक्तानी समस्या उत्पन्न भएको बताएका छन्। मन्त्रालयका सचिवहरु अनुदार हुँदा उपभोक्ताहरुको भुक्तानी समयमा हुन नसकेको उनको भनाई छ।
अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
सोमबार खरिपाटी तालिम केन्द्रमा भेटिएकी डा. थापाले नेपाल समयसँग भनिन्, ‘यस्तो समस्या आइसकेपछि हतारिएर काम गर्नुभन्दा पहिले नै तयारी गर्नुपर्छ । हामीले पनि तयारीमा ध्यान दिनु पर्छ।’
बलात्कार प्रयासको आरोप लागेर सय दिनभन्दा बढी थुनामा बसेका पूर्वसभामुख कृष्णबहादुर महरा दसैंको अष्टमीको दिन पक्राउ परेका थिए। दसैंको रमझमका बीच पक्राउ परेका महराको पूरा दसैं प्रहरी हिरासतमै बित्यो।
माइभ्याली फुटबल क्लबले आयोजना गर्ने पूर्व पहाडकै ठूलो धनराशीको प्रतियोगिता माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। १० क्लबको सहभागीता रहेको छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता फागुन १५ बाट २४ गतेसम्म...