बिहीबार, भदौ ४, २०८३

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुईका दरले घटाइएको छ।

इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो।

निगमका अनुसार पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टितेल समान रु ९७ कायम भएको छ।

यसअघि पेट्रोल प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेल प्रतिलिटर रु ९९ रहेको थियो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ। रासस

प्रकाशित: Feb 17, 2020| 20:08 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्