बिहीबार, भदौ ४, २०८३

६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुईजना पक्राउ

अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं - अमेरिका जान भिसा प्रोसेसका लागि बैंक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई भक्तपुर ठिमीबाट आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका-२ पयुपाटा कुँवर टोल घर भर्इ ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन्।

काठमाडौं तार्केश्वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैंक ब्यालेन्स देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंक खातामा ६० लाख रुपैयाँ राख्न लगाएका थिए। महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले अन्य तीनजना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ। थप अनुसन्धान भैरहेको छ।

प्रकाशित: Feb 17, 2020| 17:51 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।