बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिवहरु अनुदार हुँदा भुक्तानीमा समस्या भयो : मुख्यमन्त्री राउत

सचिवहरु अनुदार हुँदा भुक्तानीमा समस्या भयो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयका कर्मचारीहरुको अड्चनले उपभोक्ताको भुक्तानी समस्या उत्पन्न भएको बताएका छन्। मन्त्रालयका सचिवहरु अनुदार हुँदा उपभोक्ताहरुको भुक्तानी समयमा हुन नसकेको उनको भनाई छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयका कर्मचारीहरुको अड्चनले उपभोक्ताको भुक्तानी समस्या उत्पन्न भएको बताएका छन्। मन्त्रालयका सचिवहरु अनुदार हुँदा उपभोक्ताहरुको भुक्तानी समयमा हुन नसकेको उनको भनाई छ।

‘उपभोक्ताहरुको बक्यौता रकम चाँडै भुक्तानी होस् हामीले चाहेका छौं,’ सोमबार नेपाल समयसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने, ‘सचिवलगायतका कर्मचारीहरु अनुदार भइदिए। त्यसैले भुक्तानी समस्या बल्झिएको हो।’

सरकारकै काम गरेर उपभोक्ताहरु पीडित भएको र उनीहरुको पीडा आफूहरुले बुझेको राउतले बताए। उनले उपभोक्ताहरुको बक्यौता रकम भुक्तानी गर्नेबारे आफूहरु छलफलमा रहेको जानकारी दिए।

‘उपभोक्ताहरुलाई भुक्तानी गर्नेबारे हामी दैनिक छलफलमा छौं, आज मन्त्रिपरिषद् बैठकमासमेत यसबारे चर्चा भएको छ,’ राउतले भने, ‘अर्थमन्त्रीज्यू पनि अहिले सकारात्मक हुनुभएको छ, सबै मन्त्री सकारात्मक हुनुहुन्छ।’

यद्यपि जनप्रतिनिधिले मात्र चाहेर भुक्तानी हुनसक्ने अवस्था नरहेको उनको भनाइ थियो। ‘हामीले चाहेर पनि भुक्तानी हुनसक्ने अवस्था छैन्,’ उनले थपे, ‘चेक काट्ने कुरा, फाइल अगाडि बढाउने कुरा कर्मचारीले गर्ने हो। तर सचिवलगायतका कर्मचारी अनुदार देखिनु भएको छ। त्यसैले समस्या सिर्जना भएको हो।’ समस्याको निकास दिन आफूहरु गम्भीर रहेको र छिटोभन्दा छिटो उपभोक्ताहरुको भुक्तानी हुने राउतले विश्वास दिलाए।

विभिन्न मन्त्री र प्रदेशसभा सदस्यमार्फत गत आर्थिक वर्षमा बाँडिएका विभिन्न योजनाहरुको ८७ करोड रुपैयाँ हालसम्म भुक्तानी हुन सकेको छैन। प्रदेश सरकारले रकम भुक्तानी गर्न नसकेपछि उपभोक्ताहरुले आन्दोलनसमेत थालेका छन्। आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी छँदा कतिपय योजनाहरुको सम्झौता उपभोक्ताले गरेका थिए। भुक्तानी हुन नसक्दा अहिले योजना बाँडेका कतिपय मन्त्री र प्रदेशसभा सदस्यहरु स्वयं समस्यामा परेका छन्।

प्रकाशित: Feb 17, 2020| 18:03 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।