बिहीबार, भदौ ४, २०८३

प्रणय दिवसमा अनुराधा कोइरालादेखि रुक्माङ्गत कटवालसम्मको कविता

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको अवसर पारेर गरिएको एक काव्य साँझमा मुलुकका चर्चित व्यक्तिहरुले कविता वाचन गरे।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं- भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको अवसर पारेर गरिएको एक काव्य साँझमा मुलुकका चर्चित व्यक्तिहरुले कविता वाचन गरे।

दिवसको अवसर पारेर शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले गरेको ‘आई एम अ पोएट इन लभ’ नामक काव्यात्मक साँझमा विभिन्न क्षेत्रका सफल तथा चर्चित व्यक्तित्वहरुले आफ्ना प्रेमिल कविता वाचन गरे।

शुक्रबार मोजो बुटिक होटेल, बानेश्वरमा सम्पन्न काव्यात्मक समारोहमा अनुराधा कोइराला, रुक्माङ्गत कटवाल, डा. भिमार्जुन आचार्य, बबिता बस्नेत, प्रकाश सायमी, गौरी मल्ल, कोमल वली, आयशा शाक्य, दीपाश्री निरौला, नरेश भट्टराई, रञ्जु दर्शना, डा.सुवास आचार्य, सृष्टि केसी, श्वेता खड्का तथा किशोर घिमिरेले आफ्ना प्रेममय कविताहरु वाचन गरेका थिए। कार्यक्रमलाई सुगरिका केसीले होस्ट पोएटका रुपमा सञ्चालन गरेकी थिइन्।

प्रतियोगिताबाट छनौटमा परेका चितवनका युवा अनिश जैसीलेसमेत कविता वाचन गरेका आयोजकले जनाएको छ।

आयोजक शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरकी प्रबन्ध निर्देशकसमेत रहेकी सुगरिका केसीले कार्यक्रमले प्रेममा हरेक मानिस कवि हुन्छन् भन्ने भावनालाई अंगीकार गरेको बताईन्।

उनले भौतिक उपहार अस्थायी हुने तर, शब्द मार्फत व्यक्त भएका भावना सदाबहार एकनाश रहने भएकोले ‘आई एम अ पोएट इन लभ’ ले अभिव्यक्तिको एक लोकप्रिय रुप कविता र त्यसमा पनि आम मानिसमा उत्सुकता रहेको व्यक्तित्वलाई कविका रुपमा प्रस्तुत गर्ने जर्मको गरेको बताईन्।

काव्य साँझलाई २१ ग्रुप प्रोपर्टी डिलर्स प्रा.लि, प्रेकोन सर्भिसेस्, होलिस्टिक हेल्थ र मोजो बुटिक होटेलले सहयोग गरेका थिए।

प्रकाशित: Feb 17, 2020| 18:38 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।