बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • लिग विजेता मछिन्द्रसहित त्रिभुवन आर्मीले माइभ्याली गोल्डकप खेल्ने

लिग विजेता मछिन्द्रसहित त्रिभुवन आर्मीले माइभ्याली गोल्डकप खेल्ने

माइभ्याली फुटबल क्लबले आयोजना गर्ने पूर्व पहाडकै ठूलो धनराशीको प्रतियोगिता माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। १० क्लबको सहभागीता रहेको छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता फागुन १५ बाट २४ गतेसम्म सञ्चालन हुने छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं – माइभ्याली फुटबल क्लबले आयोजना गर्ने पूर्व पहाडकै ठूलो धनराशीको प्रतियोगिता माइभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ। १० क्लबको सहभागीता रहेको छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता फागुन १५ बाट २४ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिगको विजेता मछिन्द्र क्लबसहित उपविजेता त्रिभुवन आर्मी क्लब र साविक उपविजेता संकटा क्लब सहभागी हुने छन्। त्यस्तै, नेपालबाट प्रतिस्पर्धा गर्ने अन्य टोलीमा गोर्खा ब्वाइज क्लब, झापा–११ र आयोजक माइभ्याली फुटबल क्लब रहेका छन्। यस्तै अन्तर्राष्ट्रिय टोलीमा भारतका कोहीमा ईगल फुटबल क्लब, एमएफसी दार्जिलिङ, ग्यान्टोक सिटी क्लब र मोहम्मद सिटी क्लब रहेका छन्।

गोल्डकपमा भुटानको लिगविजेता पारो एफसी र जापानीज युनिभर्सिटीलाई सहभागी गराउने भनिएको भए तापनि कोराना भाइरसको कारण उनीहरुलाई देशबाहिर जान प्रतिबन्ध लागेकाले सहभागी हुन नपाएका हुन्।

प्रतियोगिताको उद्घाटन खेलमा कोहीमा इगल क्लब र गोर्खा ब्वाइजले प्रतिस्पर्धा गर्ने छन् भने फाइनल खेल फागुन २४ गते दिउँसो २ बजे हुने छ। प्रतियोगितालाई नेपाल इन्भेष्टमेन्ट बैंकले मुख्य प्रायोजन गरेको छ।

खेलमा चार प्रकारका टिकटको व्यवस्था गरिएको छ। नक आउट प्रतियोगिताको पहिलो चरणको खेलमा एक सयको टिकट लाग्ने छ भने सेमीफाइनल खेलमा दुई सयको टिकट लाग्ने छ। फाइनल खेल हेर्नको लागि भने दर्शकले तीन सयको टिकट काट्नुपर्ने छ। सिजनल टिकटबाट खेल हेर्न चाहे एक हजार तिर्नुपर्छ।

प्रतियोगिताको विजेताले आठ लाख पुस्कार पाउने छ भने उपविजेताले पाँच लाख पाउने छ। त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख २५ हजार पाउने छ। यसअघि प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल वा स्कुटर पाउने व्यवस्था गरिएको भए पनि यो सिजनबाट नगद पुरस्कार दिन लागिएको हो।

झापा ११ ले प्रतियोगितामा दुई उपाधि जितेको छ भने थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब र क्यामरुनी क्लब दाउफिन्सले समान एक/एक पटक जितेका छन्।

प्रकाशित: Feb 17, 2020| 15:51 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।