बिहीबार, भदौ ४, २०८३

बलात्कारको आरोपमा भारतीय सहित दुई पक्राउ

महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

जनकपुरधाम- महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा महोत्तरीको औरही नगरपालिका–७का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुबनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरीले जनाएको छ।

सोमबार बिहान जनकपुरधाम–४ विश्वकर्मा चोकमा एक माहिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अशोक झाले बताएका छन्।

प्रहरी निरीक्षक झाका अनुसार पक्राउ परेका महतो विश्वकर्मा चोकमा भाडामा बस्दै आएका छन्।

घटनामा संलग्न फरार रहेका केही व्यक्तिहरुको खोजी भइरहेको उनले जानकारी दिए।

प्रकाशित: Feb 17, 2020| 16:30 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।