बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘शासकहरु नैतिकवान नहुँदा उत्कृष्ट संविधान पनि संकटमा’

‘शासकहरु नैतिकवान नहुँदा उत्कृष्ट संविधान पनि संकटमा’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि शासकहरुमा नैतिकता नहुँदा संकटमा परेको बताएका छन् ।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

भैरहवा । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधान विश्वकै उत्कृष्ट भए पनि शासकहरुमा नैतिकता नहुँदा संकटमा परेको बताएका छन् । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीले आयोजना गरेको मानव अधिकार प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले भने, ‘नेपालको संविधान विश्वकै उत्कृष्ठ संविधान हो । तर अहिले शासकहरु नैतिकवान नहुँदा बारम्बार समस्या निम्तिरहेको छ ।”

त्रिपाठीले जहाँको नागरिक सचेत हुँदैन, त्यहाँ राम्रोसँग संविधान पनि लागू नहुने गरेको बताउँदै संविधानको सफल कार्यन्वयनको लागि शासकहरुमा नैतिकता र जनतामा सजगता जरुरी रहेको बताए । उनले संविधानको उत्कृष्टता भनेको कागजमा लेखेर मात्रै नहुने तर जनताको मनमनमा हुनुपर्ने पनि बताए ।

सो अवसरमा प्रा.डा. गोविन्द ढकालले मानव अधिकारको सुशासनको पक्षमा चाँडो सेवा प्रवाह भएको बताए । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले मान्छे जन्मँदै अधिकार पाएको तर त्यसको कार्यान्वयनमा उत्सुकता नदेखाएको बताए । सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेले स्थानीय सरकारले जनताको संविधान प्रदत्त अधिकार प्रत्याभूत गर्न कुनै कमी नगरेको बताइन् ।

कार्यक्रममा मानव अधिकार र संविधानको विषयमा सरोकारवालालाई प्रशिक्षण दिइएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका सचिव पवन पौडेलले बताए । संगठनले मानव अधिकारको क्षेत्रमा जिल्लाका सर्वसाधारण, प्रहरी प्रशासनका प्रतिनिधि, राजनैतिक दल, संघसंगठनका प्रतिनिधिहरुलाई प्रशिक्षण दिएको हो।

 

 

प्रकाशित: Feb 17, 2020| 16:39 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।