बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिद्वारा शिवमायालाई कानुनमन्त्रीमा नियुक्त

राष्ट्रपतिद्वारा शिवमायालाई कानुनमन्त्रीमा नियुक्त

पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन्।
 |  सोमबार, फागुन ५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ५, २०७६

काठमाडौं- पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्रीमा नियुक्त भएकी छन्। सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले तुम्बाहाङ्फेलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तुम्बाहाङ्फेलाई उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाएका छन्।

यसअघि उक्त मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए। नवनियुक्त मन्त्री तुम्बाहाङ्फेले सोमबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछिन्।

उपसभामुख तुम्बाहाङ्फेले गत महिना उपसभामुख पदबाट राजीनामा दिएकी थिइन्।

तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर पदबाट राजीनामा दिएपछि सत्तारुढ नेकपाले उपसभामुख तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन लगाएको थियो।

 

प्रकाशित: Feb 17, 2020| 16:02 सोमबार, फागुन ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।