सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चित्रबहादुर केसीको आरोप, 'नेपालका दल र कर्मचारी भारतको इसारामा चल्छन्'

चित्रबहादुर केसीको आरोप, 'नेपालका दल र कर्मचारी भारतको इसारामा चल्छन्'

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको भूमिमा मात्र नभई राजनीतिक दल र कर्मचारीतन्त्रमाथि पनि कब्जा जमाएको आरोप लगाएका छन्।
 |  बुधबार, मंसिर १८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १८, २०७६

धनगढी– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालको भूमिमा मात्र नभई राजनीतिक दल र कर्मचारीतन्त्रमाथि पनि कब्जा जमाएको आरोप लगाएका छन्।

बुधबार धनगढीमा राष्ट्रिय जनमोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले सत्ता र शक्तिमा रहनका लागि दलका नेताहरु भारतको ईशारामा चलिरहेको आरोप लगाएका हुन् । उनले भने, “त्यसैकारण नेपालको भूमि र जलस्रोतका क्षेत्रमा भारतले मनपरी गरिरहेको छ । नेपालको राष्ट्रियता खतरामा छ।”

उनले भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन कूटनीतिक पहलबाट सफलता नमिले यो मुद्दालाई अन्तराष्ट्रियकरण गर्नुपर्ने पनि बताएका छन्।

केसीले भने, “मिचिएको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्न सकेको छैन। सार्थक कुटनीतिक पहलबाट नभए यसको अन्तर्राष्ट्रियकरण गरिनुपर्छ।”

मिचिएको भूमि फिर्ताका लागि दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान’ अन्तर्गत मोटरसाइकल ¥यालीका साथै सुदूरपश्चिमका विभिन्न १२ ठाउँमा आम सभा गरिएको अध्यक्ष केसीले बताए।

फरक प्रसंगमा बोल्दै अध्यक्ष केसीले संविधानमा समाजवाद उल्लेख गरिए पनि दुई तिहाईको सरकारले समाजवादको व्यवहारिक कार्यान्वयन गर्न नसकेको बताए ।

सरकारले मंहगी, कालोबजारी र भ्रष्टाचार मात्रै नियन्त्रण गर्ने सके पनि जनताले राहत महशुस गर्ने उनको भनाई थियो।

प्रकाशित: Dec 04, 2019| 12:14 बुधबार, मंसिर १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।