काठमाडौं- पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ र १० का ऐच्छिक विषयहरुको पाठ्यक्रम परिमार्जन गरेको छ।
कक्षा ९ का इतिहास, भूगोल, नागरिक शासन, अर्थशास्त्र, समाजशास्त्र, जनसंख्या, वातावरण विज्ञान, कृषि, शिक्षा, कम्प्युटर, लेखापरीक्षण, फोटोग्राफी, स्वास्थ्य शारीरिक, ग्रामीण विकास विषयको परिमार्जन गरिएको पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ।
पाठ्यक्रम विकास केन्द्रका अनुसार परिमार्जित ऐच्छिक विषय आगामी २०७७ सालदेखि नै देशैभर अनिवार्य रुपमा लागू हुनेछन्।
यसअघि यसै स्थानमा प्रकाशित समाचारमा "कक्षा ९ र १० बाट हट्यो ऐच्छिक गणित" भन्ने वाक्यांश भूलबस पर्न गएको ब्यहोरा जानकारी गराउँदछौं ।
यस वर्ष कक्षा ९ र १० बाट ऐच्छिक गणित हटाइएको नभई अन्य विषयको मात्र पाठ्यक्रम परिवर्तन भएको भन्ने स्पष्टीकरण पाठ्यक्रम विकास केन्द्रबाट प्राप्त भएकाले सोही अनुसार भुल सुधार गरिएको छ।
यसबाट पाठक वर्गमा पर्न गएको अन्योलप्रति क्षमा याचना गर्दछौं। साथै कक्षा ९ को ऐच्छिक गणितको पाठ्यक्रम २ वर्षअघि नै परिवर्तन भई यसपल्ट एसईई पनि सोही अनुसार हुन लागेको जानकारी केन्द्रबाट प्राप्त भएको छ। सम्पादक