सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ का बासिन्दाबाट चन्दा उठाएर क्वारेन्टाइन बनाइएको छ । धुस्कुनस्थित हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाई प्रयोग गर्न लागिएको हो ।
कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा आइतबार एउटा पनि नयाँ संक्रमण देखिएन। त्यहाँको नेसनल हेल्थ कमिसनलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार केही दिनअघि चारजनाको मृत्यु भएको थियो।
सुर्खेत आएपछि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय र वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्मालाई घर जाने व्यवस्था मिलाइदिन हारगुहार गरेको लोहारले बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्रे मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन्।
सरकारले मुलुकभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको बन्दाबन्दी (लकडाउनं) लाई आठ दिनका लागि थप गरेको छ ।