सरकारले हिजो राति लक लकडाउनको अवधि एक साता लम्ब्याउँदै त्यसको कार्यान्वयनमा पनि थप कडाइ गर्ने निर्णय गरेपछि आज बिहानै देखिएको छ। लकडाउनको उल्लंघन गर्ने सयौं पक्राउ परेका छन्।
लकडाउन नटेरेर सडकमा निस्किनेलाई सडकमै घण्टौं उभ्याउने रणनाीति प्रहरीले लागू गरेको छ। अब प्रहरीले जहाँ भेट्यो त्यहीँ तीन घण्टा उभिन लगाउनेछ।
यसअघि प्रहरीले पासोको प्रयोग गरेर नछोइकनै भ्यानमा हालेर लैजाने गरेको थियो। त्यसरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भएकाले अब सडकै उभिन लगाउने भएको हो।
आज बिहानै काठमाडौं उपत्यकामा ५ सयभन्दा बढीलाई त्यसरी उभ्याइएको प्रहरीले जनाएको छ।