बिहीबार, भदौ ४, २०८३

कसरी जुट्छ राहत प्याकेजको रकम ?

सरकारले कोरोना भाइरसबाट प्रभावितका लागि घोषणा गरेको राहतका लागि विदेशी दाताबाट ऋण लिने निर्णय गरेको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

सरकारले कोरोना भाइरसबाट प्रभावितका लागि घोषणा गरेको राहतका लागि विदेशी दाताबाट ऋण लिने निर्णय गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले करिब २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो।

अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने निर्ब्याजी १३ अर्ब ९ करोड ऋण सुविधा लिने निर्णय भएको छ।

यस्तै, विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्राप्त हुने तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत स्वीकार गर्ने निर्णय सरकारले गरेको छ।

एसियाली विकास बैंकले घोषणा गरेको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय भएको मन्त्री खतिवडाले जानकारी दिएका छन्। अन्य सम्भावित विकास साझेदारबाट परिचालित हुन सक्ने स्रोतका लागि पनि पहल गर्ने पनि निर्णय भएको छ ।

राहत प्याकेजका लागि वार्षिक बजेटको रकमबाट रकमान्तर गर्ने, स्थानीय तह, प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गरिनेछ।

यस्तै, सार्वजनिक संस्थानबाट दिइने छुटको हिस्सा संस्थानहरुले नै व्यहोर्ने व्यवस्था मिलाइने मन्त्री खतिवडाले जानकारी दिए ।

प्रकाशित: Mar 29, 2020| 22:46 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।