सरकारले महँगा सवारीसाधन तथा विलासी सामान आयातमा रोक लगाएको छ। मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले ५० हजार अमेरिकी डलरभन्दा माथिका गाडी आयातमा रोक लगाएको हो।
यसैगरी मन्त्रिपरिषद बैठकले मदिरा आयातमा पनि रोक लगाउने निर्णय गरेको छ। साथै मरिच, सुपाडी, केराउ, छोकडा आयातमा पनि रोक लगाइएको सरकारका प्रवक्ता तथा अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।