बिहीबार, भदौ ४, २०८३

वुहानमा नयाँ संक्रमण शून्य, खुल्न थाल्यो सहर

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा आइतबार एउटा पनि नयाँ संक्रमण देखिएन। त्यहाँको नेसनल हेल्थ कमिसनलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार केही दिनअघि चारजनाको मृत्यु भएको थियो।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा आइतबार एउटा पनि नयाँ संक्रमण देखिएन। त्यहाँको नेसनल हेल्थ कमिसनलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार केही दिनअघि चारजनाको मृत्यु भएको थियो।

शुक्रबार दिनभरमा जम्मा ५४ जना नयाँ संक्रमित भेटिएका थिए। उनीहरु सबै विदेशी नागरिक हुन्।

केही दिनयता देखिएका नयाँ संक्रमितहरु सबै विदेशी नागरिकहरु भएपछि चीनले विदेशी नागरिकलाई चीन प्रवेशमा रोक लगाएको छ।

वुहानमा अहिले विदेशी विमानहरु हप्तामा बढीमा एउटा आउने अनुमति दिइएको छ भने आन्तरिक उडान पनि खासै हुन सकेका छैनन्।

वुहान सहर विस्तारै खुल्दै गएको छ। झण्डै दुई महिना लामो आइसोलेसनपछि वुहानका नागरिक घर बाहिर निस्किन थालेका छन्। रेल स्टेशनहरुमा यात्रुको भीड देखिएको छ।

वुहानमा मानिसहरुलाई प्रवेश गर्न दिन थालिएको छ। तर त्यहाँबाट बाहिर जान भने अनुमति छैन। हुबेईको राजधानी वुहानमा ५० हजार भन्दा बढी कोरोना संक्रमित भेटिएका थिए। जसमा झण्डै ३ हजारको मृत्यु भएको िछ।

 

 

प्रकाशित: Mar 30, 2020| 07:35 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।