बिहीबार, भदौ ४, २०८३

अस्पतालले उपचार गर्न नमान्दा बिरामीको ज्यान गयो

कोरोना संक्रमणको आशंकामा अस्पतालले उपचार गर्न नमान्दा बिरामीकाे मृत्यु भएकाे छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं-  कोरोना संक्रमणको आशंकामा अस्पतालले उपचार गर्न नमान्दा बिरामीकाे मृत्यु भएकाे छ। वीरगन्जका नेसनल, गण्डक र वीरगन्ज हेल्थ केयर अस्पतालले उपचार गर्न नमान्दा  बाराको कलैया उपमहानगरपालिका–२२ का २५ वर्षीय विजय कुशवाहको निधन भएकाे हाे।

कुशवहाकाे आइतबार राति त्रिवि शिक्षण अस्पताल पुग्ने बित्तिकै निधन भएकाे थियाे। त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार कुशवाहको अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो।‘राति करिब १ बजेतिर अस्पताल ल्याएको रहेछ’ खड्गाले भने, ‘शव हेर्दा अस्पताल ल्याइपुर्‍याउनुभन्दा दुई घण्टा पहिल्यै मृत्यु भइसकेको देखिन्छ।’

थ्रेसरमा मुसुरो कुट्ने क्रममा शुक्रबार खुट्टामा चोट लागेका कुशवाहको नेसनल मेडिकल कलेजले कोरोना संक्रमितको आशंकामा उपचार नगरिदिएकाले ज्यान गुमाउनुपरेको आफन्त महेश कुशवाहले बताए।

खुट्टामा घाउ भएपछि स्थानीय मेडिकलमा टाँका लगाइएको थियो। भोलिपल्टदेखि ज्वरो आउन थालेपछि नेसनल अस्पताल लगिएको महेशले बताए।

उनका अनुसार त्यहाँ चिकित्सकले उपचार गर्न नमानेपछि कुशवाहलाई नारायणी अस्पताल लगिएको थियो।

नारायणीका चिकित्सकले ‘सेप्टी सेमिया’ का कारण बिरामीको खुट्टाको घाउ र छातीमा संक्रमण देखिएकाले सुविधा सम्पन्न अस्पतालमा लैजान भनेपछि राति नै वीरगन्ज हेल्थ केयर र गण्डक अस्पताल पुर्‍याइए पनि दुवै अस्पतालले उपचार गर्न नमानेको महेशले बताए।

 

प्रकाशित: Mar 30, 2020| 11:56 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।