बिहीबार, भदौ ४, २०८३

स्वास्थ्यकर्मीलाई २५ लाखको निःशुल्क बिमा

कोरोना संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, महिला स्वयंसेविका लागि असार मसान्तसम्म २५ लाख रूपैयाँको बिमा गरिएको छ।
 |  आइतबार, चैत १६, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत १६, २०७६

काठमाडौं- कोरोना संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, महिला स्वयंसेविका लागि असार मसान्तसम्म २५ लाख रूपैयाँको बिमा गरिएको छ।

यो निर्णय स्वास्थ्य उपचारमा सहयोग गर्ने सरसफाइ कर्मचारीदेखि एम्बुलेन्स चालकसम्मका लागि लागू हुने सरकारका प्रवक्ता सञ्चारमन्त्री युवराज खतिडाले बताए।

उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा उपकरण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। निजी क्षेत्रका स्वास्थ्य संस्थाले स्वास्थ्य उपकरण आयात गर्दा २५ प्रतिशत छुट दिइने निर्णय भएको मन्त्री खतिवडाले बताएका छन्। 

स्वास्थ्य सामग्री आयात गर्दा भन्सार माफी गर्ने निर्णय भएको छ। कोरोना राेकथाम र औषधि खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई थप बजेट दिइने निर्णय सरकारले गरेकाे छ।

प्रकाशित: Mar 29, 2020| 21:55 आइतबार, चैत १६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।