बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धरानमा दैनिक १२ वटासम्म कोरोनाको स्याम्पल परीक्षण गर्न सकिने

धरानमा दैनिक १२ वटासम्म कोरोनाको स्याम्पल परीक्षण गर्न सकिने

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोरोनाको परीक्षण शुरु भएको छ । प्रतिष्ठानमा शुरु भएको प्रयोगशालाबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने जनाइएको छ । सङ्घीय सरकारको सहयोगमा शुरु गरिएको परीक्षण प्रयोशालाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे।

अहिलेसम्म कोरोनाको स्वाब परीक्षण काठमाडौँको टेकु अस्पतालमा मात्र हुँदै आएको थियो । सरकारका सातवटै प्रदेशमा ल्याब सञ्चालन गर्ने योजनाअनुसार प्रदेश नं १ मा बिपी प्रतिष्ठानमा शुरु गरिएको हो । मुख्यमन्त्री राई र सामाजिक विकासमन्त्री घिमिरेले प्रतिष्ठानको आइसोलेसन वार्ड, हेल्प डेस्क र यहाँको महामारीका बेला उपचार व्यवस्थापनबारे समेत जानकारी लिएका थिए।

प्रतिष्ठानले हालसम्म कोरोना बिमारीको उपचार गर्न गरिएको व्यवस्थापनबारे प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा डा गुरुप्रसाद घिमिरेले जानकारी गराए। कोरोना ल्याब परीक्षण प्रक्रियाबारे प्रतिष्ठानको माइक्रोबायोलोजी विभागका चिकित्सक नारायण भट्टराईले जानकारी गराए। प्रतिष्ठानमा शुरु भएको ल्याबबाट हाल दैनिक १२ वटासम्म नमूना परीक्षण गर्न सकिने भट्टराईले जानकारी दिए।
रासस

प्रकाशित: Mar 30, 2020| 08:24 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।