शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतबाट आएका किरियापुत्री क्वारेन्टाइनमा थुनिए, भन्छन्– आलो घाउमा सरकारले नुनचुक छर्कियो

भारतबाट आएका किरियापुत्री क्वारेन्टाइनमा थुनिए, भन्छन्– आलो घाउमा सरकारले नुनचुक छर्कियो

सुर्खेत आएपछि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय र वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्मालाई घर जाने व्यवस्था मिलाइदिन हारगुहार गरेको लोहारले बताए ।
 |  सोमबार, चैत १७, २०७६
nespernesper

देव राना

देव राना

सोमबार, चैत १७, २०७६

सुर्खेत– दैलेखको आठविस नगरपालिका–१ सातलाका देउमले लोहारलाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भन्दै होटलमा थुनिदियो। भारतबाट आएका उनी स्थानीय अशोका होटलमा आइतबार बिहान १० बजेदेखि थुनिएका छन् । भाइ पहरे कामीको किरिया गर्न नेपाल फर्किएका उनको बिन्ती प्रदेश सरकारले सुनेन ।

triton college

‘घर जान पाउँ भनेर बिहानैदेखि वडाध्यक्ष, मेयर र सभामुख हुँदै प्रदेश सरकारसम्म खबर पुर्याएँ, तर हाम्रो कसैले सुनेन,’ लोहारले गुनासो पोखे, ‘अनेक रोइकराइ गर्यौँ, तर हाम्रो आँशु सरकारले देखेन। सोमबारसम्म घर जान नपाए किरिया गरेको मानिँदैन ।’

सुर्खेत आएपछि कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाही, आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्याय र वडा नम्बर १ का वडाध्यक्ष पर्वसिंह विश्वकर्मालाई घर जाने व्यवस्था मिलाइदिन हारगुहार गरेको लोहारले बताए । मजदुरीका लागि भारत नैनितालको हल्द्वानी गएका उनी भारतको मुम्वईमा भाइको मृत्युपछि घर फर्किएका थिए ।

‘भारतको लकडाउनका कारण भाइको दाहसंस्कार समेत गर्न पाइएन। किरिया गर्छु भनेर घर आएको, ६ दिनसम्म बाटोमै छु,’ चैत १० गते भाइ पहरेको मृत्यु भएको सुनाउँदै उनले भने, लकडाउनमा पनि भारतीय प्रहरीले एम्बुलेन्सको पास बनाइदियो, एम्बुलेन्समै गड्डाचौकी आयौँ । नेपालमा आएपछि सहयोग पाइएला भनेको त उल्टै आलो घाउमा नुनचुक छर्किने काम भयो ।’ क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै उनले भने, ‘म समाजमा रोग ल्याउन चाहन्न, तर किरिया गर्ने व्यवस्था मिलाइदिनु परो ।’

मृतक पहलेको सत्कर्म (जुठो मान्न) उनीसँगै आएका अर्का आफन्त पदम विश्वकर्माले भने, ‘हाम्रा कारणले समाजमा रोग नआओस्, तर जुठो बार्न दिनुपरो ।’ जुठो बार्नकै लागि आएका हर्क कामी र प्रेम विक पनि भारतको लकडाउनको परवाह नगरी नेपाल फर्किएका छन् । ‘हामीसँग कोरोना भए पनि अरुलाई सार्न चाहँदैनौँ,’ हर्क विकले भने, ‘सुरक्षितसँग बसेर किरिया गर्न दिनुस् ।’ घर जानका लागि गाडी पाउँदा पनि सरकारले पास नदिएको अर्का आफन्त प्रेम विकको गुनासो छ ।

Metro Mart
vianet

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई गाउँमा पठाउन सकिने बताएका छन् । त्यस्तै आठविस नगरपालिकाका प्रमुख खड्कराज उपाध्यायले पनि उनीहरुले गाउँ फर्काउने वातावरण मिलाइदिने आश्वासन दिएका छन्। वडाध्यक्ष पर्वसिंह विश्वकर्माले पनि क्वारेन्टाइनमा रहेका किरियापुत्रीलाई घर फर्काउने बताए।

‘प्रदेश सरकारले उद्धार गरिदेओस् भनेका थियौँ, प्रशासनबाट अनुमति नपाउँदा ढिला भयो। सोमबार साँझसम्ममा घरमा पुर्याउँछौँ,’ उनले भने। वडामा पनि क्वारेन्टाइन रहेको जानकारी दिँदै उनले सुरक्षित रुपमा किरिया गर्ने र क्वारेन्टाइनमा बसाउने जिम्मा लिन उनीहरुलाई घर फर्काउने बताए ।

प्रकाशित: Mar 30, 2020| 07:06 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।