कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न विषम परिस्थितिमा गम्भीर प्रकृतिका बिरामीले समयमै उपचार र औषधि नपाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
कारागारमा रहेका झण्डै तीन हजार जनालाई श्रीलंका सरकारले रिहा गरिदिएको छ । अत्यधिक भिड रहेका र कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा देखेर उनीहरुलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् ।
राप्रपाका पूर्व मुख्य सचिव, सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट ग्रसित उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो।