बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछाममा बाघको आक्रमण, घाइते महिलालाई हेलिकप्टरबाट कोहलपुर लगियो

अछाममा बाघको आक्रमण, घाइते महिलालाई हेलिकप्टरबाट कोहलपुर लगियो

अछाम– अछाममा बाघको आक्रमणबाट एक महिला सख्त घाइते भएकी छन्। कमलबजार नगरपालिका–५ की बेला भण्डारीलाई आइतबार बिहान बाघले बाख्रा गोठमा आक्रमण गरेको थियो।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

अछाम– अछाममा बाघको आक्रमणबाट एक महिला सख्त घाइते भएकी छन्। कमलबजार नगरपालिका–५ की बेला भण्डारीलाई आइतबार बिहान बाघले बाख्रा गोठमा आक्रमण गरेको थियो।

स्थानीय अस्पतालमा सामान्य उपचारपछि महिलालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कोहलपुर लगिएको पञ्चदेवल बिनायक नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले जानकारी दिइन्।

घरकै गोठमा बाख्रा खान बसेको बाघले उनलाई आक्रमण गरेको स्थानीयले बताएका छन्।  उनको टाउकोमा गहिरो चोट लागेको छ। घाइते बेला पूर्व सभासद शरदसिंह भण्डारीकी आमा हुन्।

प्रकाशित: Apr 05, 2020| 11:58 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।