बिहीबार, भदौ ४, २०८३

राप्रपाका नेता विश्वेश्वर सुवेदीको निधन

राप्रपाका पूर्व मुख्य सचिव, सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट ग्रसित उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं –राप्रपाका पूर्व मुख्य सचिव, सहकोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेह रोगबाट ग्रसित उनको अमेरिकाको ड्यालसमा आज निधन भएको हो।

तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सहकोषाध्यक्ष समेत थिए। लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको निजी सचिवालयमा रहेर काम गरेका थिए। सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनका एक श्रीमती र दुई छोरा छन्।

प्रकाशित: Apr 05, 2020| 12:53 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।