इटहरी– सुनसरीमा लकडाउनको राहत वितरणको नामावली बनाउने क्रममा झडप भएको छ। दुबही नगरपालिका–९, छाताबेलीमा लाभान्वितको नामावली टिपोटको क्रममा आज (आइतबार) बिहान झडप भएको हो।
इलाका प्रहरी कार्यालय, दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले झडपका क्रममा प्रहरी जवान अनिल यादवसहित दर्जन जति घाइते भएको जानकारी दिए।
नगरपालिकाका मेयर वेद गच्छदारले घाइतेहरूको सुनसरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
राहत वितरणअघि भएको छलफलमै एक समूहले नगरपालिकाको बदनाम गराउन लफडा गरेको मेयर गच्छदारले जिकिर गरे।
स्थानीय सरकार र प्रहरीले घाइते स्थानीयहरूको नाम भने सार्वजनिक गरेको छैन। १२ वडा रहेको उक्त नगरपालिकाका हरेक वडामा राहत वितरण भएको मेयर गच्छदारले जानकारी दिए।