बिहीबार, भदौ ४, २०८३

'गम्भीर बिरामीको उपचारमा ध्यान देऊ'

कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न विषम परिस्थितिमा गम्भीर प्रकृतिका बिरामीले समयमै उपचार र औषधि नपाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं - कोरोना भाइरस संक्रमणको जोखिमका कारण उत्पन्न विषम परिस्थितिमा गम्भीर प्रकृतिका बिरामीले समयमै उपचार र औषधि नपाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ।

मिर्गौला, मुटु, क्षयरोग, क्यान्सर, एड्स, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्याजस्ता रोगको उपचार अभाव तथा औषधि अपर्याप्तताका कारण देशभर लाखौं बिरामी समस्यामा परेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको हो।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै देशभर गरिएको अनुगमनबाट गम्भीर प्रकृतिका बिरामीले समयमै उपचार र औषधि नपाएको जनाएको छ।
आयोगले सबै बिरामीको स्वास्थ्योपचार र औषधिको ग्यारेन्टी गर्न सरकारलाई निर्देशन दिएको छ।

‘विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल अस्पतालमा समयमै उपचार हुन नसकी एक महिलाको मृत्यु भएको, काठमाडौं समिट, सिभिल, नर्भिकलगायतका अस्पतालले बहिरंग सेवा बन्द गरी सयौं बिरामीलाई फर्काएको पाइएको छ’, विज्ञप्तिमा छ।

बिरामीले उपचार तथा एम्बुलेन्स सेवा प्राप्त गर्न नसकेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले देशभरका सबै अस्पताल, स्वास्थ्य संस्था र एम्बुलेन्स सेवा चौबीसै घन्टा खुलाउनसमेत सरकारलाई निर्देश गरेको छ।

कोभिड–१९ लगायतका सबै गम्भीर प्रकृतिका बिरामीको समेत उचित स्वास्थ्योपचारको व्यवस्था मिलाई हरेक व्यक्तिको स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न आयोगले सरकार, सम्पूर्ण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई विशेष आग्रह गरेको छ।

प्रकाशित: Apr 05, 2020| 14:13 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।