बिहीबार, भदौ ४, २०८३

छुट्टाछुट्टै घटनामा तीनको ज्यान गयो

दुई जनाको डुबेर र एक जनाको करेन्ट लागेर ज्यान गएको हो।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं- देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ। दुई जनाको डुबेर र एक जनाको करेन्ट लागेर ज्यान गएको हो।

दाङको गढवा गाउँपालिका–३ खैराका ५२ वर्षीया चूडामणि चौधरीको राप्ती नदीमा डुबेर मृत्यु भएको छे। खेतबाट गहुँको बोरा बोकी फर्कने क्रममा नदीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का मेघराज पासवानका ६ वर्षीय छोरा शनि पासवानको घरनजिकैको कुलोमा डुबेर ज्यान गएको छ।

कुलोमा डुबेर घाइते उनलाई उपचारका लागि अल्पाइन अस्पताल सिमरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–३ का ४२ वर्षीय दीपेन्द्र यादवको करेन्ट लागेर मृत्यु भएको छ।

आफ्नै खेतबारीमा कल बनाउने काम सकेपछि फलामको पाइप बोकेर घर फर्किंदै गर्दा पाइपले ११ हजार भोल्टको बिजुलीको तारमा छुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 05, 2020| 13:42 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।