बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अर्को कारागारबाट कैदी ल्याएपछि चितवन कारागारमा त्रास

अर्को कारागारबाट कैदी ल्याएपछि चितवन कारागारमा त्रास

नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार रहेको छैन ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

नवलपुर जिल्लाका कैदी बन्दीलाई चितवन कारागार ल्याइएपछि यहाँका कैदी बन्दी त्रासमा परेका छन् । नवलपुरमा हालसम्म कारागार छैन ।

कारागार कार्यालय चितवनका प्रमुख कमलप्रसाद काफ्लेका अ‍ेनुसार कोरोना भाइरस जोखिम हुन नदिन लकडाउन गरिएपछि नवलपुर जिल्ला अदालतबाट आदेश भइ ११ जना कैदी बन्दी यहाँ आएका छन् ।

उनले भने, “करागारको क्षमता कम नै रहेको छ । विशेष परिस्थितिका कारण कैदीबन्दी ल्याइएको हो । अव नपठाउन अनुरोध गरेका छौ ।” दुई सय ५५ जना क्षमता भएको यहाँको पुरुष बन्दी गृहमा ६६८ र २५ जनाको क्षमता रहेको महिला गृहमा तीन आश्रित बालिकासहित ५८ जना रहेका छन् । साँघुरो ठाउँमा बाहिरबाट आउनेले रोग ल्याएमा सबै सङ्क्रमित हुने भएकाले सबै त्रासमा परेका हुन् ।

प्रमुख काफ्लेका अनुसार कारागारमा एक जना अहेबको दरवन्दि रहेको छ । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन कैदी बन्दीका आफन्तलाई भेटघाट बन्द गरिएको छ । कारागार भित्रै १५ श्ययाको क्वारेन्टाइन स्थापना गरिएको छ ।

सर्वोच्च अदालतले एक वर्षसम्म कैद तोकिएकालाई बाँकी समयको कैदको रकम भूक्तानी गरी छाड्ने आदेश गरेको छ । यस कारागारमा ३८ जना त्यस्ता कैदी रहेका छन् । ती मध्ये १६ जनाले मात्र सो सुविधा प्रयोग गरेका छन् ।

रासस

प्रकाशित: Apr 05, 2020| 13:28 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।