बिहीबार, भदौ ४, २०८३

कोरोना रोकथाम कोषमा प्रभु बैंकको १ करोड १ लाख सहयोग

 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को महामारी रोकथाम, नियन्त्रण तथा उपचारको लागि नेपाल सरकारद्धारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लि. को तर्पmबाट रु. १ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

चैत २० गते प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले प्रधानमन्त्री कार्यालयका सचिव राम नारायण बिडारीलाई कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा प्रभु बैंक लि. को संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

प्रकाशित: Apr 05, 2020| 11:36 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्