मंगलबार, जेठ ५, २०८३

डीभी एजुकेशनद्वारा मास्क वितरण

डीभी एजुकेशनले आइतबार विभिन्न संस्थामार्फत मास्क वितरण गरेको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

काठमाडौं- डीभी एजुकेशनले आइतबार विभिन्न संस्थामार्फत मास्क वितरण गरेको छ।

National life

कोरोना संक्रमण फैलंदै गरेका बेला सबैतिर सर्जिकल मास्कको अभाव भएपछि एजुकेशनले ४ हजार ५०० थान मास्क वितरण गरेको हो।

महानगरीय प्रहरी कार्यालयका डीआईजी विश्वराज पोखरेल मार्फत दुई हजार थान, काठमाडौं महानगरपालिका ३२ नम्बर वडाध्यक्ष राजेन्द्र न्यौपाने मार्फत आवश्यक परेका वडाबासीलाई १ हजार थान, स्याङ्जाको कालिगण्डकी गाउँपालिकालाई १ हजार थान र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेललाई ५०० थान मास्क हस्तान्तरण गरिएको चिफ अपरेटिङ अफिसर ऋतु न्यौपानेले जानकारी दिइन्।

डीभी एजुकेशनले ट्रिटन इन्टरनेशनल कलेज, शुभश्री इन्टरनेशनल एकेडेमी, सेफर्ड कलेज लगायतका कलेज र विद्यालय सञ्चालन गरिरहको छ।

यसअघि डीभी ग्रुपले प्रदेश २ सरकारलाई १० हजार थान सर्जिकल मास्क सहयोग गरेको थियो।

प्रकाशित: Apr 05, 2020| 14:40 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्