काठमाडौं- लकडाउनकाबीच चित्लाङ–चन्द्रागिरी सडक हुँदै काठमाडौं छाेड्नेको लर्को लागेपछि स्थानीयहरुले यो सडक बन्द गराएका छन्।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको उलंघन गर्दै राति राति यो सडक हुँदै सवारी साधन चल्न थालेपछि स्थानीयले सडकनै बन्द गरेका हुन्।
चन्द्रागिरी नाका पूर्ण रुपमा ठप्प बनाइएको मकवानपुरको थाहानगर वडा नम्बर ९ का वडाध्यक्ष परशुराम श्रेष्ठले जानकारी दिए।
२३ चैत बिहान मकवानपुरको चित्लाङमा भएको स्थानीयहरुको भेलाले यस्तो निर्णय गरेको उनले बताए।
यो नाका हुँदै काठमाडौंबाट हिँडेरै पनि दैनिक सयौँ मानिसहरु मकवानपुरको थाहानगर, तराई र हेटौंडा जाने गरेका छन्।