बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित बढेपछि सुदूरपश्चिममा लकडाउन कडा, अवधि थप्न संघीय सरकारलाई अनुरोध

कोरोना संक्रमित बढेपछि सुदूरपश्चिममा लकडाउन कडा, अवधि थप्न संघीय सरकारलाई अनुरोध

सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा कडाइ गरिएको छ भने एक जिल्लादेखि अर्को जिल्ला प्रवेशमा रोक लगाइएको छ।
 |  आइतबार, चैत २३, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, चैत २३, २०७६

धनगढी - सुदूरपश्चिम प्रदेशमा थप तीन जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा कडाइ गरिएको छ भने एक जिल्लादेखि अर्को जिल्ला प्रवेशमा रोक लगाइएको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीमा थप कडाइ गर्ने निर्णय गरेपछि आज बिहानैदेखि कैलालीमा आवागमन ठप्प छ। सडकमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ।

यसैबीच मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको ‘कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समिति’ को बैठकले पनि नेपाल सरकारद्वारा जारी गरिएको लकडाउनलाई थप प्रभावकारी र कडा बनाउन निर्देशन दिएको छ भने सुदूरपश्चिममा कोरोना संक्रमणको लोकल ट्रान्समिसन देखिएपछि लकडाउन अवधि थप गर्न पनि सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जानकारी दिए।

यस्तै बैठकले भारत लगायत अन्य मुलुकबाट आएका तर क्वारेन्टाइनमा नबसेकालाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाउन स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय पनि गरेको छ। यस्तै कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक सामाग्री तथा स्वास्थ्यकर्मी पनि नेपाल सरकारमार्फत माग गर्ने निर्णय भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले लकडाउनलाई प्रभावकारी बनाउन तथा संभावित कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न अतिआवश्यक काम बाहेक अन्य सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको बताए। उनले स्थानीय निकायहरुदेखि जिल्लाकै सीमा क्षेत्रमा आवागमनमा कडाइ गर्न सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।

प्रकाशित: Apr 05, 2020| 13:23 आइतबार, चैत २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।