कोरोना भाइरस सङ्कटका कारण बेलायती महारानी एलिजावेथ द्वित्तीयलाई जन्मदिनका दिन दिइने परम्परागत सलामीको कार्यक्रम यसवर्ष नहुने र जन्मदिनलाई सामान्यरूपमा मनाइने बकिङ्गम प्यालेसले शनिबार जानकारी गराएको छ ।
प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडीटी)बाट परीक्षण गर्दा सुनसरीको हरिनगरमा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। पिसिआर परीक्षणको नतिजा आउन भने बाँकी छ।
शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुईजना महिलामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो।
अस्ति शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुई महिलामध्ये एकजनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा एकजनामा पोजेटिभ देखिएको हो।
कोरोना भाइरसको महामारीको समयमा नेप्लिज तेक्वान्दो एकेडेमी ९एनटीए०ले लगातार राहत सहयोग गर्दै आएको छ। उसले कोरोना भाइरसको महामारीका कारण लकडाउन सुरु भएदेखि नै सहयोग सुरु गरेको थियो।