बिहीबार, भदौ ४, २०८३

कोरोना आशंका गरिएका दुई जनाको नेपालगञ्जमा मृत्यु

कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका दुई जनाको अस्पतालमै मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

काठमाडौं- कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना भएका दुई जनाको अस्पतालमै मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसोलेसनमा रहेका दुई विरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवैजना श्वासप्रश्वास तथा छाती सम्बन्धित समस्याले ग्रसित थिए ।

आइसोलेसनको आईसीयूमा रहेका बर्दिया बढैयाताल–३ का ४२  वर्षाीय इस्राइल बेहना र कोहलपुर–५ चपरगौरीकी ३२ वर्षीया शान्ता शर्माको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो।

बेहना वैशाख ३ गते र शर्मा चैत ३० गते अस्पताल भर्ना भएका थिए। बेहना रुघाखोकी दमबाट ग्रसित रहेको र शर्मा न्युमोनियाबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

उनीहरुमा कोरोनाको संक्रमण भए नभएको जाँचका लागि स्वाव झिकेर बुटवल पठाइएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश्वर श्रेष्ठले बताए।

प्रकाशित: Apr 19, 2020| 07:05 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।