बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जनकपुरको सडकमा पैसा फ्याँकेर हिँड्ने दुवै महिलाको आरडीटी पोजेटिभ

जनकपुरको सडकमा पैसा फ्याँकेर हिँड्ने दुवै महिलाको आरडीटी पोजेटिभ

शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँक्दै हिँड्ने दुईजना महिलामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

शुक्रबार जनकपुरको सडकमा पैसा फ्याँकेर भागेका दुईजना महिलामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ। दुवैको द्रूत परीक्षण (आरडीटी) गर्दा पोजेटिभ देखिएको हो।

रिपोर्ट शंकास्पद देखिएपछि थप परीक्षणका लागि दुवैको स्वाब ल्याबमा पठाइएको छ। दुवैजनालाई आइसोलेसनमा राखिएको प्रशासनले जनाएको छ।

शुक्रबार दिउँसो एक बजेतिर जनकपुरधाम–४ महावीर चोकमा दुईजना महिलाले १० रुपैयाँको नोट फ्याँकेर भागेका थिए। नीलो र हरियो रङको साडी लगाएका उनीहरुले करिब सय मिटर दूरीसम्म सडक र पसलको छेउमा रुपैयाँ फ्यालेका थिए।

स्थानीयका अनुसार सडकमा पैसा किन फ्यालेको भनेर सोधेपछि दुवैजना पेठिया बजारतर्फ भागेका थिए। तीनचारजना मानिसले उनीहरुले फ्यालेको रुपैयाँ सडकबाट उठाएका थिए। त्यसपछि प्रहरीले उनीहरूकाे खाेजी गरेकाे थियाे।

याे पनि पढ्नुस् ः जनकपुरमा पैसा फ्याँकेर भागेका दुई महिला पक्राउ

प्रकाशित: Apr 18, 2020| 18:38 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।