बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
 |  बुधबार, माघ २९, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २९, २०७६

काठमाडौं- बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउन संलग्न रहेको आराेपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध मुद्दा चलाएको छ।

तर, पूर्वप्रधानमन्त्रीद्वय भट्टराई र नेपाललाई नीतिगत निर्णयमात्र गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको छ। सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै बुधवार सर्वोच्चमा रिट दायर गरेका हुन्।

अधिवक्ता न्यौपानेले अख्तियारले नीतिगत निर्णय गरेको भने पनि उक्त निर्णय नीतिगत नभई कानुन विपरीतको निर्णय रहेको बताएका छन्।  

सर्वोच्चले उक्त रिटको पेसी शुक्रबारका लागि तोकेको छ।

 

प्रकाशित: Feb 12, 2020| 16:30 बुधबार, माघ २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।