बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनमा पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता

लकडाउनमा पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता

लकडाउनका बेला तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका छन् ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

तेह्रथुम- लकडाउनका बेला तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङमा पौडी खेल्न गएका दुई बालक डुबेर बेपत्ता भएका छन् ।

घरबाट एक घण्टा टाढाको दूरीमा रहेको तेलियाखोलाको आहालमा पौडी खेल्न गएका ६ जनामध्ये २ जना शनिबार अपराह्न डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा १२ वर्षीया एलिना विश्वकर्मा र ११ वर्षीय सरोज विश्वकर्मा रहेको शुक्रबारे प्रहरी चौकीका प्रमुख रमेश वनले बताए ।

धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका दियाले घर भएकी एलिना तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङस्थित मावली घरमा बस्दै आएकी थिइन् ।

डुबेर बेपत्ता भएका दुवैको घटनास्थलमा खोजी भइरहेको वडाध्यक्ष कुलबहादुर कार्कीले बताए । आहाल गहिरो भएकाले बेपत्ताको खोजीमा समस्या भएको वडाध्यक्ष कार्कीले बताए ।

प्रकाशित: Apr 19, 2020| 07:38 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।