बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भुटानले जहाज चार्टर्ड गरेर काठमाडौंबाट लग्यो दुई नागरिक

भुटानले जहाज चार्टर्ड गरेर काठमाडौंबाट लग्यो दुई नागरिक

भुटानको राष्ट्रिय ध्वजावहाक ड्रयक एयरले काठमाडौंबाट आज बिहान दुईजना नागरिक लिएर फर्किएको हो।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं– आफ्ना दुईजना नागरिक लिन काठमाडौं आएको भुटानको राष्ट्रिय ध्वजावहाक थिम्पु फर्किएको छ। भुटानको राष्ट्रिय ध्वजावहाक ड्रयक एयरले काठमाडौंबाट आज बिहान दुईजना नागरिक लिएर फर्किएको हो।

नेपालमा कार्यरत भुटानी पाइलट सोनाम तोब्गे र अभिनेत्री उगेन छोदेनलाई भुटान सरकारले आफ्नो मुलुक लगेको हो।

पाइलट तोब्गे हिमालय एयरलाइन्समा कार्यरत छन् भने अभिनेत्री नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनका लागि आएकी थिइन्।

उनीहरू दुवैलाई थिम्पुको क्वारेन्टाइनमा राखिएको छ।

प्रकाशित: Apr 18, 2020| 20:08 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।