बिहीबार, भदौ ४, २०८३

प्रदेश १ मा ४३४ को आरडीटी गर्दा एकजनामा पोजेटिभ

प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडीटी)बाट परीक्षण गर्दा सुनसरीको हरिनगरमा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। पिसिआर परीक्षणको नतिजा आउन भने बाँकी छ।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडीटी)बाट परीक्षण गर्दा सुनसरीको हरिनगरमा एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। पिसिआर परीक्षणको नतिजा आउन भने बाँकी छ।

आज (शनिबार) ४३४ जनाको आरडीटी र्गा एक जनामा पोजेटिभ देखिएको हो । आजसम्म प्रदेश १ मा पीसीआर अर्थात् ल्याबबाट गरिने परीक्षण विधिबाट गरिएका कूल ३ सय ७१ परीक्षणमध्ये १२ जनामा पोजेटिभ देखिएको छ ।

उनीहरुको नमूना कोशी अस्पतालपछि काठमाडौंमा लगेर पुनः परीक्षण गर्दा पोजेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ । संक्रमित मध्ये ११ भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । उनीहरुको उपचार प्रदेश सरकारले निर्माण गरेको कोशी अस्पतालमा भइरहेको छ ।

हालसम्म प्रदेश १ मा १ हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । आरडिटी र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक हजार ५ सय २६ को नमूना परीक्षण भएको छ ।

कोरोना सूचना डेस्कका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण हुँदै आएको छ ।

 

प्रकाशित: Apr 18, 2020| 19:28 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।