बिहीबार, भदौ ४, २०८३

खाद्यान्न ढुवानीको पास लिएर मदिरा ओसारपसार

खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
 |  आइतबार, वैशाख ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ७, २०७७

बैतडी- खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिएर मदिरा ओसारपसार ट्रकलाई बैतडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘लकडाउन’का बेला पास लिएर मदिरा ढुवानी गरेको पाइएपछि शनिबार प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मैलाली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नंको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका ट्रकबाट विभिन्न ब्राण्डका ४३ पेटी मदिरा बरामद गरिएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

ट्रक साहु उत्तमसिंह पुजारा र चालक रोशन पन्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यही वैशाख ४ गते धनगढीबाट खाद्यान्न ढुवानी गर्ने भन्दै मेलौली नगरपालिकाबाट गाडी धनीले पास लिएको बुझिएको छ ।

प्रहरी प्रमुख पाण्डेयले भने, “लकडाउनका बेला सवारी पासको दुरुपयोग गरेकाले गाडी धनी पुजारालाई कानूनअनुसार कारवाही हुन्छ ।”

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक धनदेव जोशीको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले रातिको समयमा वैतडी भित्रिने मालवाहक सवारीलाई जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चेकपोष्टमा रोक्न खोज्दासमेत जबर्जस्ती गरेर राति नै चलाउन खोज्ने गरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Apr 19, 2020| 08:07 आइतबार, वैशाख ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।