बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनामुक्त भएर बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज

कोरोनामुक्त भएर बाग्लुङकी ६५ वर्षीया महिला डिस्चार्ज

कास्कीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौ– बाग्लुङकी ६५ वर्षीया महिला कोरोना भाइरस (कोभिड–१९) मुक्त भएर घर फर्किएकी छन्।

कास्कीस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको हो।

डिस्चार्ज गरेपनि धौलागिरी अञ्चल अस्पतालले उनलाई दुई हप्ता ‘होम क्वारेन्टाइन’मा बस्न आग्रह गरेको छ।

बेल्जियमबाट ४ चैतमा आएकी उनको १९ चैतदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको थियो।

आजै काठमाडौंको टेकु अस्पतालबाट काठमाडौंकी १९ वर्षीया युवती कोरोनामुक्त भएर घर फर्किएकी छन्।

योसँगै कुल ३० संक्रमित मध्ये तीन जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: Apr 18, 2020| 20:19 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।