बिहीबार, भदौ ४, २०८३

ध्रुवचन्द्र गौतमलाई वसुन्धराश्री र सरुभक्तलाई मानश्री पुरस्कार

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
 |  शनिबार, वैशाख ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ६, २०७७

काठमाडौं– वसुन्धरा-मान प्रज्ञा प्रतिष्ठानले २०७७ सालको वसुन्धराश्री पुरस्कार साहित्यकार डा. ध्रवचन्द्र गौतमलाई र मानश्री पुरस्कार साहित्यकार सरुभक्तलाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

कथा, उपन्यास र नाटकको सिर्जनाद्वारा नेपाली साहित्यलाई सार्थक, समृद्ध र समुन्नत बनाउन योगदान दिएकोमा गौतमलाई पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

साहित्यकार गौतमका अन्त्यपछि, बालुवामाथि, एक सहरमा एक कोठा, फूलको आतङ्क, घुर्मी, अँध्यारो द्वीपमा लगायत दर्जनाैं  आख्यान कृति प्रकाशित छन्।

त्यसैगरी कविता, मुक्तक, गीत, नाटक र उपन्यासको सिर्जनाद्वारा नेपाली वाङमयकाे विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिएकोमा सरुभक्तलाई पुरस्कृत गरिएको प्रतिष्ठानको भनाइ छ।

सरुभक्तका बन्द खामभित्र, प्रेमी र पागल, ज्यानमारा, यामागल, पागल बस्ती, तरुनीखेती, चुली, अँध्यारो कोठा, प्रतिगन्धलगायत थुप्रै कृति प्रकाशित छन् ।

वसुन्धराश्री पुरस्कारको राशि ७५ र मानश्रीको ५० हजार रुपैयाँ छ।

प्रकाशित: Apr 18, 2020| 18:53 शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।